काठमाडौं । काठमाडौंको टोखा नगरपालिका, सूर्यडाँडा नईनडोल टोल सुधार तथा व्यवस्थापन समाज, धापासीस्थित लायन्स क्लब अफ काठमाडौं, नेपालय, नयन टोल व्यवस्थापन समिति र नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, कार्यसमिति सदस्य लक्ष्मण पौडेल र राहत वितरण समितिका संयोजक, क्लबका पास्ट प्रेसिडेन्ट तथा समाजसेवी विजय श्रेष्ठको संयुक्त टोलीले राहत वितरण गरेको छ ।
विपन्न वर्गमा परिरहेको समस्यालाई मध्यनजर गर्दै केही हप्तादेखि राजधानिको बिभिन्न स्थानमा सो टोलिले राहत वितरण गर्दै आएको क्लबका चार्टर प्रेसीडेन्ट सुधिर शर्माले जानकारी दिए ।
वैदेशिक रोजगार व्यवसायी एवं क्लबका फष्ट भाइस प्रेसीडेन्ट पौडेलले भने, ‘यो राहत बाटोमा खान नपाई बसेकादेखी सिलौटो खोपेर आफ्नो जिविका चलाउनेसम्मलाई पुगेको छ । सो पहिलो दिनको राहत बाँडेको हामीले फेसबुकमा राख्ने बितिकै हामिलाई सहयोगी हातहरुको फोन आयो र राहत सामाग्री दिने हातहरुको पनि कमी भएन । सो राहत सामग्री किन्न केही रकम आफ्नै नेपालय र लाइन्सका सदस्यहरुसँग हातेमालो गरीयो त केही बाहिरका समाजसेबी तथा दानबीरहरुको सहयोगबाट यहाँसम्म पुग्न सफल भइयो । सहयोगी हातहरुलाई सबैमा कृतज्ञता व्यक्त गर्दछु ।’
यसै क्रममा आज टोखा नगरपालिका र अन्य स्थानका ५७ परिवारलाई राहत वितरण गरिएको वैदेशिक रोजगार व्यवसायी एवं लायन्स क्लब अफ काठमाडौं, नेपालयका फष्ट भाइस प्रेसीडेन्ट पौडेलले जानकारी दिए । क्लबले सामाजिक दूरी कायम गरी राहत बितरण गर्नूका साथै बाटमोमा अलपत्र अवस्थामा भएका पशु (गाई, भैसी, कुकुर, बहर गोरु आदी)लाई खाना खुवाउने कार्य गरिएको छ । उक्त कार्यकालागि क्लबका सदस्य तथा व्यवसायी सन्तोष अधिकारीको संयोजकत्वमा टिम बनाई लकडाउन अवधिभर खाना खुवाउने कार्य गरिएको हो ।
खासगरी नगर वा वडाबाट राहत नपाएका विपन्न परिवारलाई कुनै कागजात नखोजी राहत वितरण गरिएको राहत वितरण समितिका संयोजक एवं समाजसेबी श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले भने, ‘बिगतमा जस्तै लाइन्सले यो सामाजिक कार्यलाई निरन्तरता दिएको हो । आजसम्म हामीले राहत ६०९ जना परिवार संख्या रहेका १६९ परिवारलाई राहत बितरण गरिसकेका छौं र यो प्रक्रियालाई निरन्तरता दिने छौं ।’
आफू र आफ्ना सुभेच्छुकमार्फत राहत संकलन गरी प्रति परिवार १२।५ देखि ५० केजी सम्म चामल, १ केजी चना, १ केजी केराउ , २ केजी आलु, सबै विपन्न परिवारलाई ५र५ सय नगद समेत उपलब्ध गराइएको समाजसेबीद्वय रुद्र त्रिपाठी र प्रेम गेलालले न्यूज आजकोलाई जानकारी दिए ।
समितिका संयोजक श्रेष्ठले आगामी दिनमा पनि राहत संकलन र वितरणलाई जारी राख्ने प्रयास भइरहेको र अति विपन्न वर्गका परिवारलाई संकलित राहत घर÷घरमा पु¥याउने जानकारी दिए ।
आज ग्राण्डी अस्पताल नजिकै नईनडोल टोल सुधार तथा व्यवस्थापन समाजको कार्यालय प्राङगणमा गरिएको राहत वितरण कार्यक्रममा उपस्थित राहत लिने व्यक्तिहरुले सहयोगी हातहरु प्रति आभार प्रकटसमेत गरेका थिए ।
यो टोलीले करिब तीन सातादेखि गोंगबु, बालाजु, पुतलिसडक, धापासी, समाखुशी, टोखा, बानियाँटार, चाबहील लगायतका क्षेत्रमा राहत वितरण गर्दै आएको छ।
राहत संकलन र वितरणमा क्लबका वर्तमान अध्यक्ष सरिता श्रेष्ठ, सचिव दीपा श्रेष्ठ, कोषाध्यक्ष सपना न्यौपाने पौडेल, आगामी अध्यक्ष राजेन्द्र श्रेष्ठ, थर्ड भिपी तिर्थराज घिमिरे, पूर्व अध्यक्ष किरण श्रेष्ठ, सदस्यहरु इन्दू श्रेष्ठ, कमला तामाङ, नईनडोल टोल सुधार तथा व्यवस्थापन समाजका सचिव एक कुमारी लम्साल, सदस्यहरु बिष्णुकला भण्डारी, दिप कुमारी मैनाली, पुर्णा गिरी, मिना सुनारी मगर, वरिष्ठ समाजसेवीहरु भगवान केसी, राष्ट्रमान श्रेष्ठ, दिपक अधिकारी, राधेश्याम श्रेष्ठ, केदार केसी, धनु गुरुङ, हिम स्याङ तामाङ, बिनोद तिमिल्सिना, योगेन घिमिरे, सम्झना श्रेष्ठ लगायतको उपस्थििति रहेको थियो ।
यसै गरी समाजसेवी तथा गोसाईकुण्ड रसुवा गाउँ पालिकाका अध्यक्ष कैसाङ तमाङ, स्थानीय समाजसेवी श्याम बहादुर घर्ती मगर, स्थानीय व्यवसायी ज्ञान बहादुर श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।
स्मरण रहोस्, यो लायन्स क्लब अफ काठमाडौं, नेपालयले यस्तो विपदको अवस्था र बिभिन्न आर्थिक अवस्था कमजोर भएका परिवारलाई आर्थिक सहयोग गर्दै आइरहेको छ ।